भारतीय खेलाडीलाई हराएर तेक्वान्दोकी संगिताले जितिन् स्वर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १६:००
भारतीय खेलाडीलाई हराएर तेक्वान्दोकी संगिताले जितिन् स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट पहिलो स्वर्ण भित्र्याएको छ। 

मंगलबारसम्म ९ स्वर्ण जितिसकेको तेक्वान्दोबाट नेपालकी संगिता बस्यालले स्वर्ण जितेकी हुन्। 

उनले ६२ केजी मुनी तौल समूहमा संगिताले भारतकी गगनजोत जिलललाई १९-८ अंकले पराजित गरेकी हुन्। 

योसँगै नेपालको स्वर्णसंख्या २८ पुगेको छ। बुधबार नेपालले साइक्लिङबाट २ स्वर्ण जित्दा कराते र उसुबाट पनि १-१ जितेको छ। 

प्रकाशित : २०७६ मंसिर १८ गते १६:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI