कर्मचारी समायोजनलाई पुर्णता दिईनेछ : मन्त्री त्रिपाठी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १७:२१
कर्मचारी समायोजनलाई पुर्णता दिईनेछ : मन्त्री त्रिपाठी

राज चौधरी नवलपरासी,१८ मङ्सिर ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रदेश र स्थानिय तहमा देखिएको कर्मचारी समायोजनको अपुर्णतालाई पुर्णता दिईने बताउनुभएको छ । पछिल्लो पटक मन्त्री बनेपछि गृह जिल्ला आउनुभएका मन्त्री त्रिपाठीले आज पश्चिम नवलपरासीको बिभिन्न स्थानमा आयोजीत स्वागत कार्यक्रममा बोल्दै यस्तो बताउनभुएको हो । अहिलेको अवस्था, चुनौति र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन उचित कार्यान्वयन हुनपर्ने मुख्य आवश्यकता रहेको बताउदै मन्त्री त्रिपाठीले आवश्यक अनुसार निजामति सेवा सम्बन्धी विधेयकलाई संसोधन गरिने बताउनुभयो ।
कर्मचारीको मूल्याङ्कन गर्दा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई पनि हेर्नुपर्ने बताउदै मन्त्री त्रिपाठीले बजेटको सदुपयोग र दुरुपयोग गर्ने स्थानिय तहलाई सोही अनुसार अनुदानको ब्यवस्थापन गरिने बताउनुभयो । सुशासन र पारदर्शीतालाई मध्यनजर गर्दै जनताको मनोबिज्ञान अनुसार स्थानिय तहका जनप्रतिनिधी र कर्मचारीहले काम गनुपर्ने मन्त्री त्रिपाठीले बताउनुभयो । यसैबिच मन्त्री त्रिपाठीले स्वतन्त्र राजनितीक समुह क्षेत्र न. १ पश्चिम नवलपरासीद्धारा आजै बेलाटारीमा आयोजीत स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै जनताको कर कर्मचारीले सेवा सुविधा लिने भएकाले कर्मचारीले जनमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अजय शाहीले जनताको करबाट राज्य चलेकाले राज्य संयन्त्रले समेत जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सरकारले आवश्यकता अनुसार पहल कदमी उठाउनुपर्ने बताउनुभयो । आजै गृह जिल्ला आउनुभएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका बिभिन्न स्थानमा कार्यकर्ता र शुभेच्छुकहरुद्धारा स्वागत गरिएको थियो । सो क्रममा मन्त्री त्रिपाठी समक्ष यस क्षेत्रको बिकास निमार्ण बारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकहरुले माग राखेका थिए ।

प्रकाशित : २०७६ मंसिर १८ गते १७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI