काङ्ग्रेस सभापति देउवा कावासोती आउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १७:५६
काङ्ग्रेस सभापति देउवा कावासोती आउदै

नवलपुर, १८ मङ्सिर

नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा यहि मंसिर २० गते कावासोती आउने भएका छ्न । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रम देउवा आउने कार्यक्रम रहेको प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले बताए । प्रजातन्त्र सेनानी एवं नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उहाँकि धर्मपत्नी स्व. पतना देवि अधिकारीको स्मृतिमा पन्ध्र वर्ष अगाडी उहाँहरुका सुपुत्र एवं काङ्ग्रेस नवलपुरका महासमिति सदस्य मदनभक्त अधिकारीले पुरस्कारको स्थापना गरेका थिए ।
बरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, सूर्यबहादुर प्रधान, धर्मेन्द झा, कुन्दन दिक्षीत, किरण पोखरेल, तारानाथ दाहाल, रामजी दाहाल, बसन्त उपाध्य, पोषण केसी हरिबहादुर थापा तथा जिल्लाका दर्जन भन्दा बढी पत्रकारलाई वितरण गरिएको यस वर्षको पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने प्रेस युनियन नवलपुरका सचिव एवं प्रवक्ता आशिष रेग्मीले बताए । २५००० रुपैया नगद, ताम्रपत्र र दोसल्ला सहित नेपाललाई पुरस्कृत गर्ने रेग्मीले बताए ।


देउवा सहित कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल , नेपाल प्रेस युनियनका केन्द्रिय पदाधिकारीहरु लगाएतका नेताहरुको कार्यक्रममा उपस्तिथि रहने सभापति पराजुलीले बताए ।

प्रकाशित : २०७६ मंसिर १८ गते १७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI