खाना अपच हुन्छ ?? अपनाउनुस यी घरेलु उपायहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते २१:४६
खाना अपच हुन्छ ?? अपनाउनुस यी घरेलु उपायहरु

खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
–    अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।

–    पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। 

–    मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। 

–    खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ।

–    पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

–    पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।

–    बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि  हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

–    हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

प्रकाशित : २०७६ मंसिर १८ गते २१:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI