No ads found for this position

टिकटक निर्माण गर्ने कम्पनीले अब मोबाइल बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १०:२४
No ads found for this position
टिकटक निर्माण गर्ने कम्पनीले अब मोबाइल बनाउने
No ads found for this position

बीबीसी । ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ।

टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो। हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन्। विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ।

टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ।

बाइटडान्सले अरु पनि कयैन लोकप्रिय भिडियो र समाचार एपको निर्माण गरेको भए पनि टिकटक अत्यन्त धेरै लोकप्रिय रहेकाले उसको परिचय नै टिकटकसँग जोडिएको छ।

यो एप यति धेरै चर्चित छ कि यसले हालै उबरलाई उछिनेर विश्वको सबैभन्दा ठूलो नीजि ‘स्टार्ट–अप’ बन्यो। यसको बजार मूल्याकङ्न ७५ अर्ब गरिएको छ।

चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो।

तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन्।

चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन्।

विगतमा ठूला अमेरिकी प्रविधि कम्पनी फेसबुक, अमेजन र गुगलले पनि आफ्नो प्राथमिक व्यवसायभन्दा फरक क्षेत्रमा हात हालेका उदाहरण छन्। तर तिनले तिनमा फरक–फरक उचारचढाव भोगे।

फेसबुक समाजिक सञ्जाल क्षेत्रमा अत्यन्त सफल भएपनि उसले ल्याएको एन्ड्रोइड लञ्चर एप ‘होम’मा असफल भयो।

त्यस्तै अमेजन किण्डल ट्यावलेट र इ–रिडर्समा सफल छ तर उसको फायर मोबाइल एक वर्ष पनि टिक्न सकेन।

गुगलको पिक्सेल मोबाइल राम्रो विक्री भए पनि उसको महत्वकाक्षी समाजिक संजाल क्षेत्रको प्रयोग कम हुदैं गएपछि यही वर्ष बन्द भएको थियो ।

प्रकाशित : २०७६ मंसिर १९ गते १०:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI