पाल्पामा जीप खस्यो, दुई जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १५:४२
पाल्पामा जीप खस्यो, दुई जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

घटनास्थलमा पुगेका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले दुर्घटनामा परी जीप चालक रैनादेवी ५ मुझुङ पाल्पाका २४ वर्षीय दिलिप बमरेल र सहचालक रैनादेवी ४ म्यालधापका कृष्ण कार्कीको मृत्यु भएको जानकारी दिए।

उक्त जीप कुखुराको औषधि बोकेर बुटवलबाट पाल्पाको तानसेनतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ मंसिर १९ गते १५:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI