अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १८:५८
अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव हुदै

अरुणखोला, १७ मङ्सिर

मध्यविन्दु नगरपालिकाको अरुणखोलामा यहि पौष ७ देखि १७ गते सम्म मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव-२०७६ हुने भएको छ । भाषा कला संस्कृतिःसमग्र राष्ट्रको उन्नती भन्ने उदेश्यका साथ मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६ हुने आज अरुणखोलामा आयोजित पत्रकार सम्मेलनमा जनाईएको हो । नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थान, सत्भाव र प्रवद्धन र नेवाः समुदायको खानाको परीकार प्रचार प्रसारका लागी नेवाः देय दबू नवलपुरको आयोजनामा महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । नेवाः देय् दबू गण्डकी प्रदेशका अध्यक्ष तथा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव–२०७६का संंरक्षक हरी श्रेष्ठले नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनका लागी महोत्सव गर्न लागीएको जानकारी दिए । महोत्सवमा नेवा: समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण समेत गरीने उनले बताए । साथै उक्त महोत्सवबाट संकलीत रकम नेवाः समुदायको कला, संस्कृति,खानाका परीकार प्रवद्धनमा खर्च गरीनेछ । महोत्सवमा नेवा ः समुदायको मात्र नभई जिल्लामा रहेका आदीवासी जनजातीहरुको कला संस्कृतिको प्रवद्धन, स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारीकरण, जिल्ला भित्र रहेका कलाकारहरुको प्रवद्धन गर्ने महोत्सवको लक्ष्य रहेकोछ । महोत्सवबाट संकलीत आय रकम नेवाः समुदायको कला, धर्म,संस्कृतिको उत्थानमा खर्च गरीने नेवाः देय् दबू नवलपुरका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । महोत्सव आगामी अरुणखोलाको खोला किनारमा सन्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १९ गते १८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI