दोलखाका विवादित प्रजिअ गृह तानिए

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते ८:१५

सेवाग्राहीसँग निरन्तर मोटो रकम लिएको घटनामा विवादित दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ। प्रजिअ आफैले पिडकसँग निरन्तर मोटो रकम लिएर सार्वजनिक मुद्दा मिलाउँदै गरेको घटना सार्वजनिक भएसँगै शुक्रबार गृहमन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालय तानिएको हो।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दोलखाका प्रमुख जिल्ला अधिकारी रिजाललाई गृहमन्त्रालयमा तानिएको पुष्टि गर्नुभयो ।

त्यस्तै दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी दिइएको छ। विवादित रिजाल माथि लागेको अभियोगमा अनुशन्धान गर्ने र विभागीय कारवाही गरिने नगरिने मन्त्रालयले निर्णय गर्ने प्रवक्ता शर्माले भन्नुभयो। आईतबार दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने तयारी गृहले गरेको छ।
कसरी सेवाग्राहीसँग पैसा लिन्थे सिडिओेले

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सार्वजनिक मुद्दा मिलाउने नाममा पिडकसँग मोटो रकम लिने गरेका थिए।
मेलुङ गाउँपालिका वडा नम्बर –४ भेड्पुका कुमार लामा मोक्तानलाई सार्वजनिक मुद्दा मिलाउने भन्दै प्रजिअ रिजालले बुधबार राती ७ बजे आफ्नै क्वाटरमा ९० हजार रुपियाँ रसिद विनानै लिएका थिए।
गत कात्तिक २४ गते वडा नम्बर –२ का वडा अध्यक्ष जितबहादुर भण्डारीसँग वादविवाद भएपछि कात्तिक २५ गते मेलुङ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चरिकोटमा सार्वजनिक मुद्दा दर्ता गरेका मोक्तानलाई बुधबार छाडिएको थियो। रसिदमा उल्लेखित १० हजार धरौटीमा छोड्नुपर्नेमा प्रजिअ रिजालले थप ९० हजार रुपियाँ नगद बुझेर छाडेको कुमार मोक्तान लामाले जानकारी दिनुभयो। छोड्नका लागि आफूलाई प्रजिअले एक लाख मागेको उल्लेख गर्दै उनले २० हजार श्रीमतीले बाख्रा बेचेर ल्याएको र ८० हजार सालो ईन्द्र पाख्रीनसंग सापटी मागेर राती ७ः०० बजे सिडियोलाई बुझाएपछि छोडेको बताउनुभयो।
आफूलाई एक लाख लिएर १० हजारको रसिद र ९० हजार घर्रामा राखेको कुरा चित्त नबुझेपछि बिहिबार दिउँसो कार्यलयमा पुगेर मोक्तानले आफूसँग धेरै पैसा लिएको भन्ने कुरा बाहिर हल्ला गर्छु भनेपछि प्रजिअ रिजालले क्वटरबाट नगद ९० हजार फिर्ता गरेको उहाँले बताउनुभयो।
उहाँमात्रै हैन सिडिओ रिजालले कालिञ्चोक गाउँपालिका वडा नक्बर –१ का उदिम तामाङलाई पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार बढि लिएको खुल्न आएको छ। उहाँलाई धरौटी बापतको १४ हजारको रसिद काटेर दिए पनि प्रजिअ रिजालले ४९ हजार लिएको आरोप उदिमको छ। उहाँलाई पनि बढि लिएको रकम ३५ हजार रुपियाँ बिहिबार फिर्ता गरेका छन्।
दोलखा जिल्ला प्रशासन कार्यलयले दुवै पिडकबाट धरौटी बापतको रकम लिएको २४ हजार को रसिद काटेपनि बाँकी एक लाख २५ हजारको कुनै पनि कागजात र भर्पाई बनाएको छैन् । पीडकले पत्रकार सम्मेलन गर्छु भनेपछि प्रजिअ रिजालले हात समातेर क्वाटरमै लगि पैसा फिर्ता दिएको पीडितले बताए।

प्रकाशित : २०७६ मंसिर २१ गते ८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI