No ads found for this position

बुलिङ्गटार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते १९:४२
No ads found for this position
बुलिङ्गटार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा सम्पन्न
No ads found for this position

निलकण्ठ पोख्रेल ,
बुलिङ्गटार २१ मङ्सिर
बुलिङटार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० अाै वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । पुर्वी नवलपरासी क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तिलक महतकाे प्रमुख अातिथ्यतामा सप्पन्न कार्यक्रममा देवचुलि नगरपालिका उपमेयर पार्वता तिवारी , कावासोती खानेपानी तथा सरासफाई उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कंडेल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुकाे उपस्थिति रहकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि महतले बुलिङटार बहुउद्देश्यीय सहकारिले छाेटाे समयमा धेरै प्रगति गरेकाेमा बधाई ज्ञापन गर्नु भएकाे थियाे । बुलिङटारका नागरिककाे समस्या समाधान गर्न अाफु हरपल तयार रहेकाे बताउदै महतले कालीगण्डकी काेरिडाेरकाे निमार्णमा आफुले विषेश निगरानी राखेको र संघिय सरकारले यसमा विशेष ध्यान दिएको बताउनु भयाे । कार्यक्रम संस्थाका अध्यक्ष कुल बहादुर क्षेत्रिकाे अध्यक्षतामा भएकाे थियाे । यस आ.वमा १३% लाभांश बाडेकाे संस्थामा ३४९ जना शेयर सदस्यहरु रहेका छन् ।
बि.स. २०६६ मा स्थापित बुलिङ्गटार बहुउद्देश्यीय सहकारी संस्था बुलिङटार गाउँपालिका कार्यक्षेत्र बनाई बचत तथा ऋण कार्यक्रम, सदस्य कृषकलाई सहुलियत दरमा बीउबिजन तथा मल पनि वितरण गर्दै अाएकाे छ ।

प्रकाशित : २०७६ मंसिर २१ गते १९:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI