No ads found for this position

न्यूनतम पारिश्रमीक पाउने बाताबरण मिलाउन पारिश्रामिक समितीलाई बरिष्ठ पत्रकार नेपालको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते १९:५७
No ads found for this position
न्यूनतम पारिश्रमीक पाउने बाताबरण मिलाउन पारिश्रामिक समितीलाई बरिष्ठ पत्रकार नेपालको आग्रह
No ads found for this position

पुजा लम्साल
नवलपरासी,२१ मङ्सिर ।
सरकारले गठन गरेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने नवलपरासीका संचारकर्मिहरुले बताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको समन्वयमा आज परासीमा श्रमजिबी पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यान्वयन अवस्था र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले सरकारले लागु गरेको न्युनतम पारिश्रमिक मापदण्ड अझै पनि अधिकांश संचारगृहमा कार्यन्वयन नभएको गुनासो गरेका छन् । सरकारले तोकेको न्युनतम पारिश्रमिक मापदण्डबाट आफुहरुलाई बन्चित गर्न नहुने उनिहरुको माग छ ।
सो अवसरमा प्रमुख अतिथि बरिष्ठ पत्रकार किशोर नेपालले तत्काल न्यूनतम पारिश्रमीक पाउनुपर्ने बाताबरण मिलाउन पारिश्रामिक समितीलाई आग्रह गर्नुभयो । उहाले नेपालले सञ्चार माध्यममा दक्ष जनशक्तिको अभाव रहेको भन्दै लगनशिल भएर पत्रकारीतामा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सरकारले लागू गरेको श्रमजीवी पत्रकार ऐन सबै मिडिया हाउसले पालना गर्न कन्जुस्याई गर्न नहुने बताउनुभयो । सञ्चार माध्यममा दक्ष जनशक्तिको अभाव रहेको भन्दै पत्रकारले आफ्नो कार्य क्षमता विकास गर्नुपर्नेमा पनि पराजुलीले जोड दिनुभयो । सञ्चार माध्यमहरु समावेशी, स्वायत्त र स्वतन्त्र हुनुपर्नेमा उहाको भनाई थियो ।
सो अवसरमा प्रमुख महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदि, नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा, महासंघका पुर्वअध्यक्ष केशव पराजुलि , जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । महासंघका जिल्ला अध्यक्ष हरि शर्माले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव राजकुमार रेश्मिले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ मंसिर २१ गते १९:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI