मुलुकमा कम्युनिष्टललाई जनताको भरोसा छैन :नेता पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते २०:५८
मुलुकमा कम्युनिष्टललाई जनताको भरोसा छैन :नेता पौडेल

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेपालमा लोकतन्त्रलाई बलियो बनाउनका लागि इमान्दार भएर लाग्नुपर्ने बताएका छन् ।
नेवबहादुर मल्ल स्मृति केन्द्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित स्मृतिमा प्रज्ञातन्त्र सेनानी नेवबहादुर मल्ल स्मृति ग्रन्थ लोकर्पण गर्दै उनले निष्ठावान भएर राष्ट्रप्रति समर्पित भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले पार्टीभित्र कुनै गुटलाई प्रश्रय नदिई देशलाइ केन्द्रभागमा राखेर अघि बढ्न आग्रह पनि गरे । उनले राजनीतिभित्र रहेको बिकृतिलाई अन्य गर्दै मुख्य नीति राजनीतिमात्र बनाउनुपर्नेमा जोड दिए । फरक प्रसंगमा नेता पौडेलले मुलुकमा कम्युनिष्टललाई जनताले भरोसा गर्न नसकेको दाबी गरे ।

कार्यक्रममा नेताहरुले प्रजातन्त्र स्थापनामा नेवबहादुर मल्लले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।

प्रकाशित : २०७६ मंसिर २१ गते २०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI