ट्रकको ठक्करले स्कुले बालिकाको मृत्यु, आक्रोसित भिडले गर्यो प्रहरी चौकी माथि ढुङ्गा मुढा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते १२:४३

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि  स्थिति तनावपूर्ण भएको छ।

कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।

उनीहरूले टायर बालेर सडक अवरूद्ध पारेका थिए। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुंगामुढा गरेको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी  कुमारबहादुर खड्का अहिले अवस्था निकै तनावपूर्ण भएकाले घटनाबारे थप जानकारी दिन नसकिने बताए।  

प्रकाशित : २०७६ मंसिर २२ गते १२:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI