No ads found for this position

कोहलपुरमा स-साना विद्यार्थीकाे प्रदर्शनमाथि प्रहरी दमन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते १३:१२
No ads found for this position
कोहलपुरमा स-साना विद्यार्थीकाे प्रदर्शनमाथि प्रहरी दमन
No ads found for this position

ट्रकले छात्रालाई किचेको घटनाले कोहलपुर तनाबग्रस्त बनेको छ। आइतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त बनेको हो। घटनापछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरूले ट्रक जलाइदिएका छन्।

त्यसपछि माहोल तनावग्रस्त भएको हो। प्रहरी र स्कुले विद्यार्थीबीचको झडप भएको छ। कोहलपुर रणभूमिमा परिणत भएको छ।

स्कुले विद्यार्थीको प्रदर्शनलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। दुई दर्जन बढी हवाई फायर गरिएको छ।

कोहलपुर प्रहरीले चलाएको रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका छन्। भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा एक दर्जन विद्यार्थी घाइते भएका छन् । घटनामा आधा दर्जन प्रहरी समेत घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आइतबार बिहान विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो ।

कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । दुर्घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पिल्सिएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आन्दोलित विद्यार्थीले घाइतेको उपचार, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ पनि गरेका छन् ।

प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले रबरको गोली र हवाई फायर गरेको छ ।

प्रकाशित : २०७६ मंसिर २२ गते १३:१२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI