नवजागरण बहुमुखी क्याम्पस मध्यविन्दु-७ चोरमारामा यहि पौष २७ देखि माघ ६ गते सम्म श्रीमदभागवत पितृमोक्ष धनधान्याञ्चल संगितमय विराट ज्ञानमहायज्ञ हुने भएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गर्नका लागि महायज्ञको आयोजना गरिएको आज क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । भागवत अलंकार पदवीले विभुषित प्रखर युवावाचक पण्डित नेत्रप्रसाद पराजुलीको प्रमुख वाचकत्वमा सन्चालन हुने विराटज्ञान महायज्ञमा हिन्दुहरुको पवित्र तिर्थस्थल केदारनाथका वैदिक सनातन धर्मावलम्बीले पुज्ने ५ शिवाचार्य मध्यका एक जगतगुरु श्री हिमवतकेदार वैराग्य सिंहाशनाधिस्वर केदारनाथ रावल श्री श्री श्री १००८ अनन्त विभुषित जगतगुरु भिमाशंकरलिङ्ग शिवाचार्य ज्यु महाराजको विषेश उपस्थितमा महायज्ञ सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यज्ञसम्पादन मुल समारोह समितिका चेतनाथ तिवारीको अध्यक्षता एवं नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम तिवारी, उपाध्यक्ष केदारप्रसाद पराजुली यज्ञका आर्थिक संयोजक प्रकाश चन्द्र पंगेनी लगाएतका महानुभावहरुको उपस्तिथि पत्रकार सम्मेलनमा महायज्ञ सम्पन्न गर्न चेतनाथ तिवारीको संयोजकत्वमा १०५१ यज्ञसम्पादन मुल समिती गठन गरिएको र महायज्ञको फुलपाती विसर्जन केदारनाथ धाम लगेर गरिने पनि जानकारी गराईएको थियो ।
प्रकाशित : २०७६ मंसिर २२ गते १८:२७
No ads found for this position
Facebook Comment