No ads found for this position

साग महिला फुटबलकाे फाइनल आज

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २३ गते ८:३१
No ads found for this position
साग महिला फुटबलकाे फाइनल आज
sf:sL, @! dªl;/ M dlxnf km'6andf g]kfn / ef/tsfaLr k|lt:kwf{df t]x|f}F blIf0f PlzofnL v]ns"b-;fu_ cGtu{t kf]v/f /+uzfnfdf dlxnf km'6an v]ndf g]kfn / ef/tsfaLr ePsf] k|lt:kwf{df an cl3 a9fpFb} g]kfnsf ;fljqf e08f/L . t:jL/ M s[i0f bjf8L÷/f;;
No ads found for this position

काठमाडाैं- १३औंदक्षिण एसियाली खेलकूद प्रतियाेगिता (साग)अन्तर्गत महिला फुटबलकाे फाइनल खेल साेमबार (आज) हुँदैछ। स्वर्ण पदकका लागि आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा खेल हुन लागेकाे हाे।

लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भनेका थिए, ‘आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ।’ भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली खेलमा विजयी हुन्छ।

महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आए पनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ। त्यसैले पनि जारी साग खेलकूदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ।

खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ? भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ। सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ। अन्तरराष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ।   

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले नेपाली टोलीको मनोबल उच्च बनाउने छ। यस्तै दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दैै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताए। भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उनले भने, ‘खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ। घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौँ।’

भारतीय प्रशिक्षक मेयामोल रकी नेपालले सधैं आफ्नो टोलीमाथि दबाब सिर्जना गर्ने गरेको बताउँदै फाइनलमा आक्रामक फुटबल खेल्दै स्वर्ण जित्ने लक्ष्य रहेको बताए। खेलाडीको ‘युनिटी’नै टोलीको सवल पक्ष रहेको बताउँदै उनले सम्पूर्ण खेलाडी स्वर्णका लागि खेल्न मानसिकरुपमा तयार रहेको उल्लेख गरे।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो। भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो। नेपाल र भारत हालसम्म अन्तरराष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन्। नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ।

महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ। गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो। भारतमा सम्पन्न १२औँ संस्करणको सागमा समेत यी दुई टोली फाइनलमा स्पर्धा गरेका थिए। त्यसमा नेपाल ४–० ले पराजित भएको थियो। पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो। गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो। रासस

प्रकाशित : २०७६ मंसिर २३ गते ८:३१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI