सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : सिटौला

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २३ गते १५:५०
सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : सिटौला

२३ मंसिर नवलपुर
सन्जय भट्टराई ,
पुर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छ्न । स्व. पत्रकार तिर्थराज भुसालको स्मृतिमा स्थापित तिर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सिटौलाले यस्तो कुरा बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सरकार अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बाटोमा हिडेको बताउदै सरकारको यो कार्यले सरकारको कार्यशैली प्रती नै अविश्वास पैदा भएको बताएका छ्न । प्रेस स्वतन्त्रता विना लोकतन्त्र बलियो हुन नसक्ने बताउदै सिटौलाले प्रेस स्वतन्त्रता र लोकतन्त्र प्रती आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेस सधै प्रतिबद्ध रहने बताएका छ्न ।
फरक प्रसंगमा बोल्दै सिटौलाले सरकारले प्रदेश सरकार तथा स्थानीय तह सँग समन्वय गर्न नसकेको बताए । प्रदेश सरकार र स्थानीय तह सँग उचित समन्वय नहुदा विकास निर्माण लगाएतका अन्यकार्यहरु जनअपेक्षा अनुसार हुन नसकेको बताए ।
यसै बिच स्व पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्ट द्वारा स्थापना गरिएको तिर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं साहित्यकार यज्ञशलाई प्रदान गरिएको छ । २०७४ मा प्रकाशित यज्ञशको गैरआख्यान कृति ‘भुइयाँ’का लागि उनले पहिचान पुरस्कार २०७४ र आबुखैरेनी वाङ्मय पुरस्कार पाएका छन् । उनले चर्चित भारतीय लेखक उदय प्रकाशका कृति मोहनदास (उपन्यास) र नेलकटर (कथा संग्रह) नेपाली भाषमा अनुवाद समेत गरेका छन् । उनले डेढ दशकभन्दा अघि पत्रकारिता थालेका थिए ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४ दशमलव ७ मेगाहर्जका संस्थापक प्रबन्ध निर्देशक तीर्थराज भुसालको २ वर्षअघि दुर्घटनामा परि निधन भएको थियो । पत्रकारितामा स्नातकोत्तर भुसालले आफ्नै लगानीमा कावासोतीमा नवलपुर एफएमको स्थापना गरि संचालनमा ल्याएका थिए ।

रेडियोले उनै भुसालको स्मृतिमा साहित्य र पत्रकारितामा कलम चलाउने देशभरीका उत्कृष्ट एक श्रष्टालाई हरेक वर्ष यो पुरस्कार दिने व्यवस्था गरेको हो । गत वर्ष नवलपरासीकै कृयाशिल पत्रकार प्रेमचन्द्र रौनियारलाई यो पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली , नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल , काङ्ग्रेस नवलपुर सभापति विष्णु लामिछाने लगाएतका नेताहरूको कार्यक्रममा उपस्तिथि रहेको थियो।

प्रकाशित : २०७६ मंसिर २३ गते १५:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI