No ads found for this position

रेडक्रसले विपदमा परेकालाई नगद राहत हस्तान्तरण गर्ने नयां नीति ल्याउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २४ गते १७:३९
No ads found for this position
रेडक्रसले विपदमा परेकालाई नगद राहत हस्तान्तरण गर्ने नयां नीति ल्याउदै
No ads found for this position

केबी राना,
नवलपुर, २४ मंसीर
व्रिटिस रेडक्रसको सहयोगमा विपद व्यवश्थापन समिति नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरद्वारा आयोजित विपदमा नगद राहत हस्तान्तरण सम्बन्धि अभिमुखिकरण गरेको छ । रेडक्रस जिल्ला कार्यसमिति पदाधिकारी, सदस्य, उपशाखा प्रतिनीधि, प्रकोप क्षेत्रमा कार्य गर्ने सरकारी गैरसरकारी संघ संस्थाका प्रतिनीधि गरि ३० जना सहभागी रहेको गोष्ठीको सहजिकरण नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत डिकेन्द्र पोख्रेल र वरिष्ठ लेखा अधिकृत तिलक बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
विपदमा प्रभावितहरुलाई छिटो, प्रभावकारी, पारदर्शी ढंगबाट राहत पाउने भएकाले नेपाल रेडक्रस सोसाईटीले नगद राहत प्रदान गर्ने निर्देशिका निर्माण गरि कार्यान्वयन गर्ने चरणमा रहेकोले यसबारे जिल्ला स्तरमा अभिमुखीकरण गरेको अधिकृत पोखे्रलले जानकारी दिनुभयो ।
अभिमुखीकरणमा सहभागीहरुले नगद राहत हस्तान्तरण गर्ने रेडक्रसको नयां नीति प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरका सभापति मदभक्त अधिकारीले नगद राहत हस्तान्तरण गर्ने नयां नीतिले प्रभावितका निम्ति जे आवश्यक छ त्यही किनेर उपभोग गर्न सकिने भएकाले प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम विपद व्यवश्थापन समिति नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरका संयोजक पुर्ण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७६ मंसिर २४ गते १७:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI