स्वर्ण बिजेता प्रत्येकलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २५ गते १७:२९
स्वर्ण बिजेता प्रत्येकलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौ । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे ।  कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । 

प्रकाशित : २०७६ मंसिर २५ गते १७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI