No ads found for this position

मुलुकको समृद्धिमा पर्व र संस्कृतिहरुको ठूलो योगदान : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते ११:४०
No ads found for this position
मुलुकको समृद्धिमा पर्व र संस्कृतिहरुको ठूलो योगदान : प्रचण्ड
No ads found for this position

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताउनुभएको छ ।

उहाँले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको बताउनुभयो । सन्देशमा उहाँले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गर्नुभएको छ ।

प्रकाशित : २०७६ मंसिर २६ गते ११:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI