No ads found for this position

उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते १२:००
No ads found for this position
उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश
No ads found for this position

रासस

काठमाडौँ, मङ्सिर २६ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्”, राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गुर्नभएको छ । “प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

प्रकाशित : २०७६ मंसिर २६ गते १२:००
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI