No ads found for this position

पाकिस्तानको अस्पतालमा वकिलहरुको तान्डव, ३ बिरामीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते १२:२४
No ads found for this position
पाकिस्तानको अस्पतालमा वकिलहरुको तान्डव, ३ बिरामीको मृत्यु
No ads found for this position

काठमाडौं- पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गर्दा ३ जना बिरामीको ज्यान गएको छ।

सयौँको संख्यामा आएका वकिलको समूहले लाहोरस्थित पञ्जाब इन्स्टिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दै आतंक मच्चाएका थिए। अस्पतालभित्रै आक्रमण भएपछि उपचार नपाएर कम्तीमा ३ जना बिरामीको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

बुधवार समूहमा अस्पताल छिरेका वकिलहरुले डाक्टर, गार्ड र अन्य स्टाफमाथि हमला गरेको र धेरैजसो सवारी साधनहरू पनि जलाएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। यो झडप के कारण भयो भनी स्पष्ट हुन सकेको छैन।  

डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ। त्यहाँ भित्रको सिसिटिभी भिडियोमा सो झगडाको दृश्य कैद भएको छ। त्यस बेलादेखि वकिलहरूले डाक्टरहरू विरुद्ध कारबाहीको माग गरिरहेका थिए र बुधबार उग्र रुपमा उनीहरु अस्पतालमै पसी आक्रमण गरेका हुन्।

पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन रासिदलाई उद्धृत गर्दै स्थानीय पत्रिकाले लेखे अनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो।

त्यहाँका सूचनामन्त्री फयाज (उल ) हसन चौहान दुई पेसेवर समूह बीचको यो झगडामा मध्यस्थता गर्ने प्रयासमा घटनास्थल पुगेका थिए। तर उनीमाथि समेत वकिलहरूको भीडले आक्रमण गरेको  भिडियो सिसिटिभी फुटेजमा कैद भएको छ।

यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ। मानव अधिकार मन्त्री सिरिन माजरीले यो घटना दुखद भएको सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रकाशित : २०७६ मंसिर २६ गते १२:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI