गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग हस्तान्तरण
देवचुली मा.वि मा अक्षयकोष स्थापना
मंसिर २७
विद्यालय स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको अवसरमा नवलपुरको देवचुली-१६ रजहरमा रहेको अम्मर ईङ्गलिस स्कुलले रजत महोत्सव मनाउने भएको छ । शुक्रवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर ३० गते देखि पौष ४ गते सम्म विभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाईने जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सीपल पदम बरालले रजत महोत्सवका कार्यक्रमहरु बारे जानकारी गराउनुभएको थियो । रजत महोत्सवको अवसर पारेर मंसिर ३० गते देखि पौष ४ गते सम्म विभिन्न कार्यक्रम गरिने जस अन्तर्गत ३० गते शोभा यात्रा तथा उद्घाटन समारोह, १ गते बृहत रक्तदान तथा अन्तर विद्यालय नृत्य प्रतियोगिता, पौष २ गते जेष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता , ३ गते भु.पू शिक्षक, विद्यार्थी तथा अभिभावक पुर्नमिलन कार्यक्रम , पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग हस्तान्तरण गर्ने देखि पदम बरालका स्व. बुबाआमाको स्मृतिमा १ लाखको अक्षयकोष देवचुली उच्च मा वि रजहरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
प्रकाशित : २०७६ मंसिर २७ गते १७:०३
Facebook Comment