No ads found for this position

कसैले सूचना लुकाउन पाउदैन : सूचना आयुक्त पोख्रेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २७ गते १७:३४
No ads found for this position
कसैले सूचना लुकाउन पाउदैन : सूचना आयुक्त पोख्रेल
No ads found for this position

विरेन्द्र पराजुली, कावासोती ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण कुमार पोख्रेलले कुनै पनि कार्यलयले सूचना लुकाउन नपाउने बताएका छन ।

आयोगले शुक्रबार कावासोतीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताए ।

पोख्रेलले भने – कुनै पनि कार्यलयले सूचना हकलाई प्रतिबन्ध गर्न पाउँदैन । कुनै पनि कार्यक्रम वा कुनै पनि गतिविधिको सूचना पाउने आमसर्वसाधारणको समेत नैसर्गिक अधिकार हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आलेले सम्पूर्ण सरकारी कार्यालय र पालिकाहरुले नागरिकले चाहेको बखत सूचना उपलब्ध गराउनु पर्ने र नागरिक पनि सार्वजनिक बिषयमा सूचना माग्न डराउनु नपर्ने बताए ।

आलेले सूचना पाउने सबैको अधिकार रहेको र यो नै सुसासन र बिकासको आधार भएको बताए ।

देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुर जिल्लालाई सबै कार्यलयमा सूचना अधिकारी खटाउन आफू प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बताए।

अझै पनि केही कार्यालयमा सूचना अधिकारी नहँुदा काम कारबाहीमा ढिला सुस्ती भएको गुनासो सर्बसाधरणले गरेको र अबका दिनमा त्यस्तो गुनासो आउन नदिने बताएका छन् ।

कार्यक्रम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सचिव मणिराम ओझा, जिल्ला न्यायाधिश अर्जुन प्रसाद अधिकारी, नवलपुरका सबै तहका प्रतिनिधि, सबै कार्यालयका कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज लगायत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सूचना लिने दिने कामले कार्यालयको पारदर्शिता भए कसैले दोष लगाउन सक्ने अवस्था नआउनेमा सहभागीले जोड दिएका थिए ।

मागेको बखत सूचना उपलब्ध नगराएमा कानुनी प्रक्रिया मार्फत न्याय दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २७ गते १७:३४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI