No ads found for this position

जिल्लामा नै पहिलो पटक हुन लागेको पितृ मोक्ष महायज्ञको तयारी तिब्र

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २८ गते २०:४०
No ads found for this position
जिल्लामा नै पहिलो पटक हुन लागेको पितृ मोक्ष महायज्ञको तयारी तिब्र
No ads found for this position

जिल्लामा नै पहिलो पटक नवजारण बहुमुखी क्याम्पस मध्यविन्दु-७ चोरमारा मा यहि पौष २७ देखी माघ ६ गते सम्म आयोजना गरिएको श्रीमदभागवत पितृमोक्ष धनधान्याञ्चल संगितमय विराट ज्ञानमहायज्ञको तयारी तिब्र पारिएको छ ।क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गर्नका आर्थिक संकलन गर्नका लागि आयोजना गरिएको महायज्ञलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

भागवत अलंकार पदवीले विभुषित प्रखर युवावाचक पण्डित नेत्रप्रसाद पराजुलीको प्रमुख वाचकत्वमा सन्चालन हुने विराटज्ञान महायज्ञमा हिन्दुहरुको पवित्र तिर्थस्थल केदारनाथका वैदिक सनातन धर्मावलम्बीले पुज्ने ५ शिवाचार्य मध्यका एक जगतगुरु श्री हिमवतकेदार वैराग्य सिंहाशनाधिस्वर केदारनाथ रावल श्री श्री श्री १००८ अनन्त विभुषित जगतगुरु भिमाशंकरलिङ्ग शिवाचार्य ज्यु महाराजको विषेश उपस्थितमा महायज्ञ सम्पन्न हुने जनाईएको छ ।

महायज्ञमा हरेक दिन विश्वका सम्पुर्ण सनातन धर्मावलम्बीले पुज्ने पाँच शिवाचार्य जगतगुरु मध्यका केदारनाथ पिठाधिस्वर जगतगुरु शिवाचार्य महाराज ज्यु द्वारा कालिगन्डकि नदिमा मकर स्नान पश्चात् यज्ञशालामा नित्य केदारनाथ भगवानको पुजा अर्चना एबं सम्पुर्ण पितृको मुक्तिका लागि गरिने पुजामा आफ्ना पितृहरुको मोक्ष प्राप्ति, शिवाचार्य महाराजज्युको आर्शिवचन र वैदिक धर्मको विषयमा बिशेष प्रबचनको विशेष कार्यक्रम रहने आयोजकले जनाएको छ ।

महायज्ञका अनुष्ठानहरु

श्रीमदभागवत ,रुद्राभिशेक,वेद,चण्डी,गिता पाठ,पारायण

गायत्री मन्त्र, जप र हवन,ग्रह शान्ती अनुष्ठान

धान्यान्चल ,तण्डुलाचल

पन्चदेबोपासना,कोटिदिप प्रज्वलन,तुलादान,भुमिदान आदि ।

महायज्ञका दैनिक कार्यक्रमहरु :
-पुष २७ गते प्रमुख बाचकको नेतृत्वमा शोभा कलश यात्रा र यज्ञ समुदघाटन ।

  • प्रत्येक दिन बिहान ६ बजेदेखी ७ बजे सम्म पुजा अर्चना ।
  • प्रत्येक दिन दिर्घायु नेपालको संयोजनमा बिहान ७ बजेदेखी ८ बजेसम्म ध्यान एबं योग शिबिर सन्चालन ।
  • प्रत्येक दिन बिहान ८ बजेदेखी १० बजे सम्म भागवत पाठ पारायण ।
  • प्रत्येक दिन दिउँसो ११ बजेदेखी ४:३० बजे सम्म सङितमय कथा प्रबचन ।
  • प्रत्येक दिन साझ ५ बजे आरती,पुष्पान्जली र टीका प्रशाद बितरण एबं भजन कृतन ।
  • प्रत्येक दिन सामुहिक ब्रतबन्ध र ग्रहशान्तिको ब्यवस्था ।
    -दैनिक रुपमा दानबिर,ज्येष्ठ नागरिक तथा एकल महिला एबं विशिष्ट व्यक्तित्वहरुलाई सम्मान ।
प्रकाशित : २०७६ मंसिर २८ गते २०:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI