राष्ट्रिय जनगणना २०७८ को लागि अन्तरक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २९ गते २२:०५
राष्ट्रिय जनगणना २०७८ को लागि अन्तरक्रिया

राष्ट्रिय जनगणना २०७८ को लागि अन्तरक्रिया

By Daunne News On मंसिर २९, १८:०६54ShareFacebookTwitter

नवलपुर । राष्ट्रिय जनगणना २०७८ को लागि आइतबार कावासोतीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुने गणना कार्यक्रम कोही नछुटुन कोही नदोहोरिउन भन्ने आयोगको चाहना रहेको आयोजकले कार्यक्रममा जानकारी गराएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले गणना गर्दा २०६८ मा भएका गल्तीलाई नदोहोर्याउन आग्रह गरे ।

नेपालमा जनगणना प्रत्येक १०, १० बर्षमा हुने गर्दछ ।

राष्ट्रिय जनगणना २०७८ तीन तहमा गरिने भएको कार्यक्रममा जानकारी दिइएको थियो । पहिलो चरण घर परिवार सूचीकरण बैशाख २५ देखि जेठ १५ सम्म, मुल गणना २०७८ जेठ १५ देखि असार ८ सम्म र सामुदायिक प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ सम्म गरिने राष्ट्रिय जनगणना चितवनका प्रतिनिधि रुद्र अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ सफल बनाउनको लागि विभिन्न तालिम र गोष्ठी आयोजना गरेको राष्ट्रिय जनगणना कार्यालय चितवनले जनाएको छ ।

अब हुने जनगणनालाई पारर्दर्षी गराउन सबैलाई सहयोग गर्न समेत आयोगले अनुरोध गरेको छ। जनगणनालाई सम्पन्न गर्न यही माघ देखि १४ जिल्लामा पाइलट जनगणना गर्न लागेको आयोगले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रम नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर २९ गते २२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI