चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३० गते ८:०६
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।

उनले ‘आफ्नो मान्छे, देवर बाबु, पाहुना,सो सिम्पल, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

प्रकाशित : २०७६ मंसिर ३० गते ८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI