No ads found for this position

विज्ञान तथा कला प्रदर्शनी सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३० गते १९:४७
No ads found for this position
विज्ञान तथा कला प्रदर्शनी सम्पन्न
No ads found for this position

बिरेन्द्र पराजुली , कावासोति
विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रस्फुटन गर्ने उदेश्यले निजी विद्यालयको संस्था सिन नवलपुरले सोमबार बृहत विज्ञान कला तथा संस्कृती प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।


सिन नवलपुरमा आवद्ध २६ विद्यालयका विद्यार्थीहरुले विज्ञान ,कला र सस्कृतीहरु प्रर्दशन गरेका थिए । विद्यार्थी आफैले सृजना गरेका पानीजहाज, डोजर, क्रेन, रोबट जस्ता वैज्ञानिक उपकरणहरु प्रर्दशनीमा राखेका थिए ।

कावासोतीको डण्डामा आयोजित कार्यक्रम गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि लामिछानेले यस्ता प्रर्दशनीले विद्यार्थीको सृजनामा प्रोत्साहन मिल्ने बताए ।


उनले यस्ता गतिबिधि सरकारले गर्नुपर्नेमा निजी संस्थाले आयोजना गरेकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा २६ विद्यालयका ३५ समुहले नृत्य तथा सस्कृति प्रर्दशन गरेका थिए ।

सिन नवलपुरका अध्यक्ष बाल कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, भिमलाल अधिकारी, दिपक कुवर ,राम चन्द्र देवकोटा, थानीसरा पोख्रेल, भिमलाल कंडेल लगाएतले यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा अग्रसर गराउने धारण ब्यक्त गरेका थिय । कार्यक्रममा जिल्लाका आठ हजार विद्यार्थीहरुको सहभागीता रहेको अध्यक्ष थापाले बताए ।

प्रकाशित : २०७६ मंसिर ३० गते १९:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI