No ads found for this position

नेकपामा कसले बनायो गुट ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते ८:३७
No ads found for this position
नेकपामा कसले बनायो गुट ?
a}7sdf अध्यक्ष …प्रचण्डÚलगायतकाठमाडौं,३० मङ्सिर Mनेपाल sDo'lgi6 kf6L+{ -नेकपा_ स्थायी कमि6Lको बैठकमा ध"d|afराही पार्टी कार्यालयमा सोमबार सहभागी हुँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्डÚलगायत । तस्वीर M चन्द्रकला क्षेत्री÷रासस
No ads found for this position

आज पुस १ गते मङ्गलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकको समाचारले प्राथमिकता पाएको छ ।

‘पार्टी संस्थागत भएन, बरु गुटहरु झाँगिदै गएको छ’ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष हो यो । ११ पृष्ठ लामो प्रतिवेदनले गुट झाँगिनुको कारण खोलेको छ छैन नै, गुटबन्दीका नेतृत्वकर्ताबारे पनि मौनता साधेको आजको कान्तिपुर दैनिकमा समाचार छ । किनकि गुटबन्दीको कारण र यसको नेतृत्वकर्ताबारे बोल्यो भने औँला नौ सदस्यीय सचिवालयतर्फ नै सोझिन्छ । नेकपाभित्र सचिवालय तहका मुख्य नेताहरु नै गुटबन्दीको लगाम समाउने सारथि हुन् । गत वर्षकै स्थायी समिति बैठकमा गुटबन्दी बढेको कुरा अध्यक्षहरुले प्रतिवेदनमा ल्याएका थिए । स्थायी समिति सदस्यहरुले मुख्य नेतृत्वकर्ताबाटै सच्चिनुपर्ने सुझाव पनि दिएका थिए । एक वर्षपछि बसेको बैठकमा फेरि त्यस्तै भाषाको प्रतिवेदन आयो । यो अवधिमा गुटबन्दी रोकिएन, झनै बढ्यो । यतिसम्म कि शीर्ष नेताहरुबीच सचिवालय बैठक नै ‘तँ तँ म म’ कौ स्तरमा झ¥यो । सचिवालय तहमा हुने यो स्तरका विवादका बाछिटाले गुटबन्दीलाई संस्थागत बनाउँदै लगेको नेताहरुको बुझाइ छ 

प्रकाशित : २०७६ पुष १ गते ८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI