No ads found for this position

१५ महिनामा ३४ सय बालबालिका हराए

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २ गते ८:३९
No ads found for this position
१५ महिनामा ३४ सय बालबालिका हराए
No ads found for this position

विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६÷७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।

हराउनेमा छोराभन्दा छोरी दुई गुणा बढी, आधा मात्रै भेटिन्छन्

हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ । राजधानीलाई प्राप्त तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।

हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए ।

बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण पनि हराएकाको भन्दा भेटिनेको संख्या कम देखिने गरेको हो, असुरक्षाका कारण बालबालिका हराएको अवस्था छैन

विश्वराज पोखरेल : डीआईजी एवं केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी

‘बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउनेभन्दा भेटिनेको संख्या कम देखिने गरेको हो, असुरक्षाका कारण बालबालिका हराएको अवस्था छैन,’ प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

उनले घरपररिवारबाट सामान्य विवादमा अलग भएर सहर छिर्ने, विभिन्न किसिमका घरायसी कामसहित होटल व्यवसायका काममा लाग्ने तथा घर ठेगाना थाहा नभएका बालबालिका सुधार गृहमा राखिने गरेका कारण समेत कतिपय बालबालिका परिवारसँग सम्पर्कमा नरहने गरेको पाइएको बताए ।

सामान्यतया फरक स्वास्थ्य अवस्था भएका बालबालिका धेरैजसो हराउने गरेका छन् । यस्तै, कतिपय अवस्थामा अभिभावकको लापर्बाहीका कारण समेत बालबालिका हराउने गरेका छन् । अर्कोतर्फ बालबालिका हराएर भेटिएपछि प्रहरीलाई जानकारी दिनुपर्छ भन्नेमा धेरै अभिभावक सचेत नरहनुले समेत तथ्यांकमा असर गर्ने गरेको छ ।
प्रहरीका अनुसार बालबालिका हराउँदा जानकारी दिने तर भेटिँदा जानकारी नदिने, कतिपय हराएर पनि ढिला खबर गर्नेलगायतका सूचना समन्वयको कमजोरीका कारण खोजी कार्यमा प्रहरीलाई अप्ठेरो पर्ने गरेको छ । कतिपय बालबालिका धेरैपछि परिवार तथा आफन्तको सम्पर्कमा पुगेको समेत प्रहरीले जानकारी पाउने गरेको छैन।

@RajdhaniDaily

प्रकाशित : २०७६ पुष २ गते ८:३९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI