No ads found for this position

कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २ गते ८:४७
No ads found for this position
कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा
No ads found for this position

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको थपाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ ।

कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासान कार्यालय काठमाडौंसहितको टोलीले मंगलबार छापा मारेको हो । कम्पनीले आफ्नो कमजोरीलाई ढाकछोप गर्न विभागलाई झुक्याएर नष्ट गर्न राखेको चामल परीक्षण गरेर गैरकानुनी काम गर्ने प्रयास गरेको पाइएको छ ।

खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहिएको लाखौं मूल्य बराबरको चामलसम्बन्धी समाचार राजधानी दैनिकमा आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले छापा मारेको विभागले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्न थालेपछि कारबाहीमा पर्ने डरले विभागलाई पत्तै नदिएर कुहाएको चामल परीक्षण गरेर फर्जी कागज मार्फत चामललाई राम्रो बनाउने प्रक्रियाको थालनी गरेको स्रोतको दाबी छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुगमन महाशाखाका निर्देशक किशोर खत्रीले भने, ‘विभागलाई झुक्याएर नष्ट गर्न भनेर राखेको चामल परीक्षण गर्नु गैरकानुनी कार्य हो ।मंगलबार विभाग र जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेर विभागलाई टिप्पणी (मुचुल्का) लेख्न लगाएर गोदामको चामल हाललाई यथावत राख्न निर्देशन दिएकोे छ । ‘कम्पनीलाई गोदाममा कुहिएको चामल तत्काल नष्ट गर्ने भनेर पत्र पठाउने तयारीमा छौं । कम्पनीले जिल्ला प्रशासन कार्यालय, विभाग र अन्य सरोकारवाला निकायको उपस्थितमा गोदाममा राखेको कुहिएको चामल नष्ट गर्नुपर्छ ।’ निर्देशक खत्रीले भने । कम्पनीले अझै बदमासी गर्ने प्रयास गरेमा सिधै खाद्य ऐनबमोजिम कारबाही हुने निर्देशक खत्रीको भनाइ छ ।

कम्पनीको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको समाचार राजधानी दैनिकमा प्रकाशित भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दै कम्पनीलाई सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको थियो । अख्तियारले कम्पनीलाई ८ मंसिरमा गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र भण्डारण गरिएको खाद्यवस्तुको गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन भनेको थियो ।

अख्तियारको निर्देशनमा खाद्य कम्पनीले गोदाममा थन्किएको चामलको तथ्यांक बुझाए पनि चामल खान मिल्ने वा नमिल्ने कुनै रिपोर्ट भने बुझाएको छैन । अख्तियारको निर्देशनमा चामलको गुणस्तर रिपोर्ट बुझाउन चामलको गुणस्तर परीक्षणका लागि २३ मंसिरमा विभाग पठाएको थियो । कम्पनीको गुणस्तर रिपोर्ट आएपछि कुहिएको चामल प्रशोधन गरेर बिक्रीवितरण गर्ने योजना कम्पनीले बनाएको थियो । आर्थिक वर्ष २०७१÷७२ मा कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेको धान जनकपुरस्थित मिलमा कुटाएको थियो । कम्पनीका अनुसार आव २०७२÷७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बासमती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बासमती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदाममै कुहिएको अवस्थामा छ । @RajdhaniDaily

प्रकाशित : २०७६ पुष २ गते ८:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI