No ads found for this position

तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २ गते ९:३३
No ads found for this position
तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस
No ads found for this position

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ।

फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो।

यसअघि आइएयुले नेपालीहरूलाई एक/एक  तारा र ग्रहको नाम राख्ने अवसर दिएको थियो।

नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो। नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वान समेत गरेको थियो। सोसाइटीले गत अगष्ट ३१ सम्ममा ४७६ ग्रह र ताराका नाम सिफारिस भएका थिए। त्यसबाट सोसाइटीले पाँच-पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो।

सोसाइटीले गोर्खा, सगरमाथा, अर्निको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दस वटा नाम पठाएको थियो। त्यसबाट पनि आइएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो।

आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो। जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा(सगरमाथा) र त्यसलाई घुम्ने एचडी १००७७७ बी नामक ग्रह(लालीगुराँस) को नामाकरण गर्न दिइएको थियो।

यी तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिने एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘सगरमाथा र लालीगुराँस पृथ्वीभन्दा एक सय ७२ प्रकाश वर्ष टाढा रहेको छ’, अध्यक्ष भट्टराईले भने,’हामीले मध्यम वर्गको टेलिस्कोपबाट नेपालबाट ग्रह नदेखिए पनि तारा देख्न सक्छौं।’

अब ती ग्रह र तारा सधैंभरि नेपाली नामबाट नै चिनिने अध्यक्ष भट्टराईले जानकारी दिए।

प्रकाशित : २०७६ पुष २ गते ९:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI