No ads found for this position

आज कुन राशिको लागि शुभ ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते ८:०९
No ads found for this position
आज कुन राशिको लागि शुभ ?
No ads found for this position

वि.सं. २०७६ साल पौष ०३ गते । बिहीबार । इस्वी सन् २०१९ डिसेम्बर १९ तारिख । नेपाल संवत् ११४० । परिधावि संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि अष्टमी,  २८ घडी १५ पला,  बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त नवमी । नक्षत्र उत्तरफाल्गुनी,  ४२ घडी ३२ पला,  बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त हस्त । योग आयुष्मान,  ३० घडी ३८ पला,  बेलुकी ०७ बजेर ०६ मिनेट उप्रान्त सौभाग्य । करण बालव,  बिहान ११ बजेर १९ मिनेट उप्रान्त कौलव,  बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मातंग योग । चन्द्रराशि सिंह,  बिहान ०७ बजेर ०७ मिनेट उप्रान्त कन्या । 

काठमाडौँमा सूर्योदय ०६ बजेर ८० मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २५ घडी ५० पला । अष्टमी व्रत । गोरखकाली पूजा ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई हराउँदै नतिजा तपाईंं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरू आफै साइड लाग्नेछन् । विवादित विषयहरूको निर्णय तपाईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरू सल्टाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । माया गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) : बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाइ हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने धन सम्पत्ति लाभ हुने समय रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : सवारीसाधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाज सेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । विद्यामा मिहिनेत नगरे अरुभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नी बीचको समन्धमा प्रगाढता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरूले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धनलाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) : लामो सङ्घर्षपछि मात्र उपलब्धि हात लाग्ने समय रहेकाले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नया काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भए पनि आत्मीयताको कमी महसुस हुनेछ । आफन्त तथा अग्रजहरूसँग मनमुटाव बढ्ने तथा साथीभाइले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : विदेशी धनसम्पत्ति हात लाग्ने समय रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जाँदा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रूपमा खर्च बढ्ने योग रहेको छ भने अरूको भर पर्दा कामहरू बिग्रने अधिक सम्भावना रहेको छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) : घर परिवारमा आत्मीयताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटा फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे) : सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढी नै आम्दानी हुने हुँदा नयाँ क्षेत्रमा लगानी गर्न जागर आउँनेछ । रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) : समस्याका खाडलहरू पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरू थाँती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : सङ्गठन तथा टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाइदा हुनेयोग रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने  हुँदा मनग्गे धन कमाउन सकिनेछ । जीवन साथीको सहयोग महत्त्वपूर्ण कामहरू समयमा सम्पादन हुनेहुँदा मन प्रसन्न रहनेछ ।

प्रकाशित : २०७६ पुष ३ गते ८:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI