No ads found for this position

सहकारीलाई मर्जरमा लाने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते ८:१३
No ads found for this position
सहकारीलाई मर्जरमा लाने तयारी
No ads found for this position

काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । 

कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु भएको हो ।

कामनपाले मर्जरमा जाने सहकारीलाई तीन वर्षको कर छुट दिएको छ । प्रतिसहकारीले वार्षिक पाँच हजार रुपियाँ कर तिर्नुपर्छ । ढकालका अनुसार सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सङ्ख्या घट्ने छ । पाँच वर्षमा सात सय सहकारी मात्र हुने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

प्रकाशित : २०७६ पुष ३ गते ८:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI