No ads found for this position

मानव अधिकार रक्षामा मिडियाको भुमिका महत्त्वपूर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते ८:५९
No ads found for this position
मानव अधिकार रक्षामा मिडियाको भुमिका महत्त्वपूर्ण
No ads found for this position

विजय नेपाल

पोखरा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा मानव अधिकार पत्रकार संघ (हुर्जा) को संयोजनमा पोखरामा आयोजित ‘मानव अधिकार र पत्रकारिता’ विषयक तालिम बुधबार सम्पन्न भएको छ ।

तालिमको समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रशिक्षार्थीलाई तालिममा सिकेका विषय व्यवहारमा उतार्न पनि सुझाव दिए ।

यस्तै, उनले सत्तामा जानुपूर्व राजनीतिक दलले जसरी मानव अधिकारको विषय उठाउने गर्थे, त्यो विषय सत्तामा पुगिसकेपछि बिर्सने गरेको टिप्पणी गरे । उनले मुलुकमा दण्डहीनता र अराजकता बढेको उल्लेख गर्दै मानव अधिकार विधेयक पारित हुन नहुने जिकिर गरे । नेपाली संस्कृति र सभ्यता मानव अधिकार संरक्षण हुुनपर्ने विषयमा पहिले नै सचेत रहेको उल्लेख गरे ।

मुख्य प्रशिक्षक मानव अधिकार पत्रकार संघ (हुर्जा) अध्यक्ष घनश्याम खड्काले पत्रकारले लेख्ने समाचारमा मार्जिनलाइज्ड (पछाडि पारिएको) वर्गमा विशेष ध्यान दिनुपर्ने बताए । मानव अधिकार रक्षाका लागि पत्रकारले सधैँ नीति निर्माण तह तथा सरोकारवाला निकायलाई झक्झक्याइरहनुपर्ने बताए ।

आयोगका निर्देशक डा. टीकाराम पोखरेलले पत्रकारले प्रयोग गर्ने भाषाका बारेमा जानकारी दिए ।

अध्यक्षको आसनबाट बोल्दै आयोग गण्डकी प्रदेश प्रमुख दीपकजंग कार्कीले पत्रकारले समाचार लेखन क्रममा बलात्कारमात्र नलेखी पीडकलाई केसम्म सजाय हुन्छ लगायत विषय पनि उजागर गर्नुपर्ने बताए । उनले द्वन्द्वपीडितको आवाज सधँै प्राथमिकता दिनुपर्ने बताए ।

आयोगका सहनिर्देशक हरिप्रसाद ज्ञवालीले आयोग विभिन्न प्रदेशमा यसप्रकारको तालिम संचालन गर्दै आएकोमा यसै साता प्रदेश ३ को धुलीखेलमा पनि तालिम हुन लागेको बताए । प्रशिक्षार्थीतर्फबाट विजय नेपाल र चन्द्रकुमारी महतोले तालिम फलदायी रहेको बताए ।

तीन दिनसम्म चलेको तालिममा हुर्जा अध्यक्ष खड्का सहित आयोग उपनिर्देशक हरिप्रसाद ज्ञवाली, अधिवक्ता वसन्त अधिकारी, पत्रकार भरत कोइराला, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, मानवअधिकारकर्मी प्रकाश वाग्ले लगायतले प्रशिक्षण दिएका हुन् । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत करिब ५० जना पत्रकारको सहभागिता रहेको हुर्जा कास्की अध्यक्ष राजेश पराजुलीले जनाए ।

प्रकाशित : २०७६ पुष ३ गते ८:५९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI