कराँते च्याम्पियनसिपका विजेता खेलाडिहरूलाई सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १६:२६
कराँते च्याम्पियनसिपका विजेता खेलाडिहरूलाई सम्मान

समिर परियार,पुस २।
द लर्ड बुद्ध युवा क्लव सुनवलले बुधबार एक कार्यक्रमका बिच द पिनाकल राष्ट्रिय कराते च्याम्पियनसिप २०१९ मा विजेता खेलाडिहरूलाई सम्मान गरेको छ । काठमाडौमा यहिँ मंसिर २८ गते संचालित उक्त प्रतियोगितामा १ रजत र ५ कास्य पदक विजेता खेलाडिहरूलाई सम्मान गरिएको हो । रजत पदक विजेता मन्दिश थापा, कास्य पदक विजेता प्रयास ढकाल, प्रविन क्षेत्री, स्नेहा राना मगर, समित राना मगर र ईशान गाहा मगरलाई खादा र प्रमाणपत्र द्वारा सम्मान गरिएको द लर्ड बुद्ध गोजाके कराते डोजोका प्रशिक्षक अनिल परियारले जानकारी दिनु भयो।
कल्बका अध्यक्ष प्रेम बहादुर गुरूङको अध्यक्षता रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपाली प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिहले खेलाडि बालबालिकाको सफलताले सुनवलको नाम राखेकोमा खुसि व्यक्त गर्दै उनिहरुलाई अगाडि बढाउन सुनवल नगरपालिका र आफुले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो । साथै उहाले बालबालिकाले आफ्नो समय करातेमा दिने भएकोले लागू औषध जस्ता दुव्र्यसनमा फस्न सक्ने खतरा कम रहेको बताउनुभयो ।
यसैगरि क्लवका अध्यक्ष गुरूङले आफुहरु बालबालिका र युवाहरूको प्रतिभा बिकासका क्षेत्रमा सधै लाग्ने बताउदै समाज परिवर्तनमा पनि सबैको साथ र सहयोगको खाचो औल्याउनुभयो । कल्बका उपाध्यक्ष यम प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव दिपक प्रसाद पौडेलले गर्नुभएको थियो । सो अवसरमा जनप्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रतिनिधि,क्लवका पदाधिकारी, खेलपे्रमी, स्थानियबासि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ पुष ३ गते १६:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI