No ads found for this position

पुरुषमा हुने क्यान्सर बारे जानी राखौं

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १७:१९
No ads found for this position
पुरुषमा हुने क्यान्सर बारे जानी राखौं
No ads found for this position

मुख, फोक्सो, प्रोस्टेट, पेट, आन्द्रा र छालाको क्यान्सर प्रायःजसो पुरुषमा हुने क्यान्सरहरू हुन् । 

मुखको ल्युकोप्लाकिया हुनु एउटा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था हो। यी क्यान्सरको जोखिम बढ्दो उमेरसँगै बढ्दछ ।

क्यान्सर हुने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायःजसो धुम्रपान गर्नेहरूलाई हुने गर्दछ। त्यस्तै गरी स्वरयन्त्र, खानेनली, मृगौला, मुत्रथैली र पेटको क्यान्सर हुने जोखिम पनि धुम्रपान सेवनसँगै बढ्छ।

सूर्तिजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ। यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्व हो । त्यसैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको धुम्रपानको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ ।

अस्वस्थकर खानपिन गर्ने बानी जस्तै बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ।

क्यान्सरका लक्षणहरु 
मुखमा कुनै घाउ वा सुजन हुनु

घाँटीमा ग्लान आउनु

खोक्दा रगत आउनु

दिसा गर्ने बानीमा परिवर्तन आउनु

खान मन नलाग्नु र तौल घट्नु

समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मदत गर्दछ।

क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने 

सूर्तिजन्य पदार्थको सेवन तथा धूम्रपान नगर्ने । यसो गर्नाले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम हुन्छ।

सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।

प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने।

तन्दुरुस्त रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने।

स्वस्थकर जीवनशैली अपनाएमा माथिका कारक तत्त्वहरूलाई पन्छाउन सकिन्छ र यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य रोगहरू जस्तै स् मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घश्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि घटाउँछ।

यदि शंकास्पद लक्षण देखिएमा वा साथै तपाईंको परिवारमा कोहीलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस्।

यदि तपाईं आफ्नो कामको सिलसिलामा विकिरण वा औद्योगिक विषाक्त पदार्थहरूको जोखिममा पर्नु हुन्छ भने उपयुक्त सुरक्षाका उपायहरू अपनाउनुहोस् ।

ल्युकोप्लाकियाको जाँचको लागि आवधिक रूपमा मुखको परीक्षण गराउनुहोस्।

चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस बीको खोप लगाउनुहोस्।

प्रकाशित : २०७६ पुष ३ गते १७:१९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI