निशुल्क स्वास्थ्य शिबिरबाट ६७१ जना जेष्ठ नागरिक लाभान्वित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १७:४६
निशुल्क स्वास्थ्य शिबिरबाट ६७१ जना जेष्ठ नागरिक लाभान्वित

पुजा लम्साल,पुस ३
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ७० बर्ष उमेर पुगेका सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकका लागि संचालन गरेको एक हप्ते निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । मंसिर २६ गते देखि सुरु भएको उक्त स्वास्थ्य शिबिर नगरका १३ वटै वडामा संचालन गरि पुष २ गते समापन गरिएको हो । शिबिरबाट नगरका ३ सय ५० महिला र ३सय १९ पुरुष गरि जम्मा ६सय ७१ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । उनिहरुले नगरपालिकाले जेष्ठनागरिकका लागि संचालन गरेको यस किसिमको शिबिरले आफुहरुलाई धेरै सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरेका थिए ।

प्रत्येक चौमासिकमा नगरपालिकाको नियमित स्वास्थ्य कार्यक्रम अन्र्तगत नगरका सवै वडामा यस किसिमका शिबिरको आयोजना गर्दै आएको नगरपालिकाका सिनियर अहेव अधिकृत चुरामणि नेपालले जानकारी दिनुभयो । उक्त स्वास्थ्य परिक्षण शिबिरबाट अधिकांश दम ,बाथ, ग्याष्ट्राईटिस, उच्च रक्तचाप, महुमेहका बिरामी भेटिएका छन् । साथै चिसो मौसम सुरु भएकाले रुघाखोकिका बिरामी पनि भेटिएको नेपालले जानकारी दिनुभयो । उनिहरुलाई निसुल्क रुपमा औषधि समेत बितरण गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नियमित शारिरिक व्यायाम गर्न र खानपानमा सचेत चिकित्सकले सुझाव दिएका छन् । शिबिरमा मेरिटेड अस्पताल बुटवलका डा.रोशन पौडेल र देवदह मेडिकल कलेल भलुहिका डा.आयुष पौडेल लगायत सुनवल नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रकाशित : २०७६ पुष ३ गते १७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI