आज बाट नेपाल आईडलको तेस्रो संस्करण सुरु हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १८:२७
आज बाट नेपाल आईडलको तेस्रो संस्करण सुरु हुँदै

काठमाडौं – आज नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो आज बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुदैछ । यस रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ ।

गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । गएको बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन् ।

https://nawalpurtimes.com/12057/
https://nawalpurtimes.com/12057/
प्रकाशित : २०७६ पुष ३ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI