आईपिएलको अक्सनमा को को कतिमा बिक्री भए ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते ९:३१
आईपिएलको अक्सनमा को को कतिमा बिक्री भए ?

इन्डियन प्रिमियर लिग आइपीएलको नयाँ सिजनका लागि अक्सन सुरु भएको छ । जसमा सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले इंग्ल्याण्डका जेसोन रोयलाई अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच करोडमा अनुबन्ध गरेको हो ।
अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १० करोड ७५ लाखमा किंग्स इलावेन पञ्जावले खरिद गरेको थियो । उनीमाथि दिल्लीले अन्तिमसम्म बोल लगाएपनि पञ्जालले बाजि मार्यो ।

यस्तै अक्सनमा कोलकाताले रिलिज गरेका खेलाडी क्रिस लियोनलाई मुम्बईले बेसप्राइस २ करोडमा अनुबन्ध गर्यो । इयोगन मोर्गनलाई कोलकाता नाइटराइडर्सले ५ करोड २५ लाख खरिद गर्यो ।

यस्तै रविन उथप्पालाई राजस्थान रोयल्सले ३ करोडमा भित्र्यायो भने आरोन फिन्च ३ दशमलव ४ करोडमा कोलकातामा अनुबन्ध भए ।
सुरुवाती चरणमा भारतका हनुमान विहारी र चेतेश्वर पुजारा अनसोल्ड भए । यसका साथै युसुफ पठानमाथि पनि कसैले बोलि लगायनन् ।
क्रिस ओक्सलाई दिल्लीले एक करोड ५० लाखमा भित्र्यायो ।

यस्तै प्याट कुमिन्स १५ करोड ५० लाखमा कोलकातामा अनुबन्ध भए । आइपीएलको इतिहासमा सर्वाधिक महंगो विदेशी खेलाडी बनेका प्याटलाई खरिद गर्न दिल्ली, बैंग्लोर र कोलकाता विच ठुलो प्रतिस्पर्धा भएको थियो ।

यस्तै अष्ट्रेलियन खेलाडी साम कुरानलाई चेन्नेई सुपर किंग्सले ५ करोड ५० लाखमा खरिद गर्यो । यस्तै बैंग्लोरले क्रिस मोरीसलाई १० करोडमा भित्र्यायो ।

विकेटकिपर एलेक्स क्यारेलाई दिल्लीले २ करोड ४० लाखमा अनुबन्ध गर्यो । यस्तै तिब्रगतिका बलर जयदेव अनादकटलाई तीन करोडमा राजस्थानले रोयल्सले टिममा लियो ।

यस्तै नाथन कल्टेर नीललाई ८ करोडमा मुम्बईले भित्र्यायो । सेल्डोन कोटरेललाई ८ करोड ५० लाखमा पञ्जावले लियो ।
यस्तै पिउस चाउलालाई ६ करोड ७५ लाखमा चेन्नेई सुपर किंग्सले लियो ।

विराट सिंहलाई सनराइजर्स हैदरावादले एक करोड ९० लाखमा खरिद गर्यो भने बरुन चक्रवर्तीलाई दुई करोड ४० लाखमा राजस्थान रोयल्सले भित्र्यायो ।

यस्तै १७ बर्षिय यशस्वी जैसवाललाई दुई करोड ४० लाखमा राजस्थान रोयल्सले लियो । रवी बैस्नोईलाई २ करोडमा पञ्जावले टिममा अनुबन्ध गर्यो ।

वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान सिमरन हिटमेयरलाई सात करोड ७५ लाखमा दिल्लीले भित्र्याउन सफल भयो । तर अर्का खेलाडी इभीन लुइस अनसोल्ड रहे । डेविड मिलरलाई राजस्थानले ७५ लाखमा टिममा लियो ।

मिचेल मार्सलाई हैदरावादले २ करोडमा लियो भने स्टोनीस भने अनसोल्ड रहे । यस्तै एन्डील पेलुकवे र कोलिन मुर्नो पनि अनसोल्ड रहे ।
अष्ट्रेलियन खेलाडी जोस हेजलहुडलाई दुई करोडमा चेन्नेइले लियो भने मुस्ताफिजुर रहमान र अल्जारी जोसेफमा कसैले बोलि लगाएनन् ।

प्रकाशित : २०७६ पुष ४ गते ९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI