धुर्मुस-सुन्तलीलाई राष्ट्रिय व्यक्तित्व सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते १८:२७
धुर्मुस-सुन्तलीलाई राष्ट्रिय व्यक्तित्व सम्मान

सामाजिक क्षेत्रमा सक्रिय कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सम्मानित भएका छन् । नवलपुर गैंडाकोटको गैरसरकारी संस्था ‘सहमति’ ले धुर्मुस सुन्तलीलाई ‘राष्ट्रिय व्यक्तित्व’ सम्मानबाट पुरस्कृत गरेको छ । संस्थाको १८ औं वाषिकोत्सव, २१ औं साधरणसभा र सातौं अधिवेशनको अवसरमा शुक्रबार गैंडाकोटमा आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

हाँस्य कलाकारितामा प्रख्यात कट्टेल र घिमिरे ‘धुर्मुस सुन्तली फाउण्डेशन’ खोलेर समाज सेवामा पनि सक्रिय छन् । २०७२ सालको भूकम्प भएपछि उनीहरुले फाउण्डेशन स्थापना गरेका हुन् । भूकम्पबाट भत्केका ‘विपन्न’ तथा अल्पसंख्यकहरुका लागि नमूना बस्ती बनाएर समाज सेवामा सक्रिय फाउण्डेशनले पछिल्लो समय चितवनमा निकै नै महत्वकांक्षी योजना ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सुरु गरेको छ ।

जनस्तरमा सहयोग जुटाएर रंगशाला बनाउने फाउण्डेशनको योजना छ । जसका लागत तीन अर्ब रुपैयाँ रहेको छ । देशकका लागि आवश्यक पूर्वाधारहरु निर्माणमा लागेका कारण धुर्मुस सुन्तली फाउण्डेशनले सम्मान योग्य काम गरेको सहमतिका पूर्व अध्यक्ष भीम सुवेदीले बताउनुभयो । देशका लागि काम गरेका व्यक्तिहरुलाई प्रेरणा र अन्यलाई उत्प्रेरणा दिन सहमतिले राष्ट्रिय व्यक्तित्व पुरस्कार दिन थालेको बताउनुभयो ।

संस्थाका अध्यक्ष होमनाथ सुवेदीका अनुसार १२ वर्षअघि संस्थाले यो पुरस्कार दिन सुरु गरेको हो । प्रत्येक दिन वर्षमा संस्थाले यो पुरस्कार दिने गर्दछ । यो पुरस्कारबाट चित्रकार रागिनी उपाध्याय, रामकाजि माकाजु, आरजु राणा र शुष्मा ब्रजाचार्य पुरस्कृत भएका छन् । 

प्रकाशित : २०७६ पुष ४ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI