No ads found for this position

मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सवको तयारी पुरा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ५ गते १६:०६
No ads found for this position
मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सवको तयारी पुरा
No ads found for this position

अरुणखोला (नवलपरासी) ।सोमबारदेखि पूर्वी नवलपरासीको अरुणखोलामा शुरु हुने मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव -२०७६ को तयारी पुरा भएको छ ।
महोत्सवको उदघाटन पौष ष ७ गते सहरी विकास मन्त्री रामविर मानन्धरले गर्ने भएका छन् । महोत्सवका संरक्षक हरि श्रेष्ठका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहने छन् ।
महोत्सव अवधि भर नेवार समुदायको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरु लाखे नाँच, कुमारी नाँच, मञ्जुश्री नाँच, लाठी नाँच, घोडा नाँच देखिइने छ ।
मध्यविन्दु सास्कृतिक तथा नेवा खाना महोत्सव मध्यविन्दु नगरपालिका ११ अरुणखोला पुल मुनी खोला किनारमा लाग्ने छ । महोत्सव नेवाः देय् दवु नवलपुरको आयोजनामा हुन लागेको हो । महोत्सव पुस ७ गतेदेखि १७ गतेसम्म ११ दिन चल्ने छ ।

प्रकाशित : २०७६ पुष ५ गते १६:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI