उखु किसानको ३४ करोड तत्काल भुक्तानी गर्नु: प्रतापुर गाँउपालिका

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ५ गते २१:०९
उखु किसानको ३४ करोड तत्काल भुक्तानी गर्नु: प्रतापुर गाँउपालिका

नवलपरासी ,५ पौष ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले उखु किसानको समस्या प्रति चासो देखाउदै प्रेस विज्ञप्ती जारी गरेको छ । शनिबार प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले विज्ञप्ती जारी गर्दै जिल्ला कै प्रमुख नगदेबालीको रुपमा रहेको उखुको मुल्य गत तीन वर्ष देखि किसानले भूक्तानी पाउन नसकेकोमा किसानको पिडा प्रति गाउपालिका अत्यन्तै गम्भिर ध्यानाकर्षण भएको बताएका छ्न । । जिल्लामा संचालित लुम्बिनी ( ११ करोड), बागमति ( नौ करोड ) र इन्दीरा चिनी (१४ करोड ) मिलद्धारा हालसम्म विगतको ३४ करोड रकम भुक्तानी दिन बाकी रहेको प्रती गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ । अबिलम्ब किसानलाई रकम भुक्तानी गरि मिल संचालनमा आवश्यक वातावरण मिलाउन सम्बन्धी सरोकारवाला निकायसँग विज्ञप्तीमा अनुरोध गरिएको छ । किसान प्रतिनीधि मिल संचालक एवं स्थानीय प्रसाशन बीच पटक पटक भएको सम्झौता कार्यान्वयन नभएको अवस्थामा स्थानीय किसानद्धारा गरिएको अवरोध तथा तालाबन्दी प्रति गाउपालिकाको ऐक्यबद्धता रहेको र समस्याको शान्ती पुर्ण सामाधानका लागि पहल गर्न विज्ञप्तीमा मिल व्यवस्थापनलाई अनुरोध गरिएको छ ।

प्रकाशित : २०७६ पुष ५ गते २१:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI