हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते ७:१९
हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने

नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ ।

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार भ्रमण वर्ष शुरु भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ । 

हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरुले विशेष समारोहमा चढ्ने गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।  

प्रकाशित : २०७६ पुष ६ गते ७:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI