फिफा क्लब विश्वकपको उपाधी लिभरपुललाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते ९:१२
फिफा क्लब विश्वकपको उपाधी लिभरपुललाई


एजेन्सी । इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । कतारको दोहामा शनिबार राति भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो । लिभरपुलले फ्लामिङ्गोलाई अतिरिक्त समयमा हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त सकयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । रोबर्टोले ९९ औँ मिनेटमा साडियो मानेको पासमा खाली पोस्टमा गोल गरेका थिए । यसअघि ४७ औँ मिनेटमा राबर्टो को प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

लिभरपुलले दोस्रो हाफका इन्जुरी समयमा पेनाल्टीको अपिल गरेपनि भिएआरको सहायतामा दिईएको थिएन । फ्लामिङ्गोले केही अवसर बनाएपनि गोल फर्काउन सकेन । फ्लामिङ्गो अधिकांश समय रक्षात्मक खेल खेल्न तल्लिन देखिएको थियो । लिभरपुलले अतिरिक्त समयमा बाजी मार्दै पहिलो पटक क्लब विश्वकप उपाधि जितेको हो ।

कुनै पनि इङ्लिस टोलीले क्लब विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । यसअघि म्यान्चेस्टर युनाइटेडले सन् २००८ मा यो उपाधि हात पारेको थियो ।

युरोपियन टोलीले पछिल्ला १३ मध्ये १२ क्लब क्लब विश्वकपको उपाधि जितेको छ । उता, ब्राजिलियन क्लब फ्लामिङ्गो चौथो पटक क्लब विश्वकपको उपविजेता बनेको हो । अन्य कुनै पनि टोली यति धेरै पटक उपविजेता बनेको छ ।

प्रकाशित : २०७६ पुष ६ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI