नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १२:३६
नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र

गंगा बिश्वकर्मा , चोरमारा

नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र पारिएको छ । यहि पौष २७ देखि माघ ६ गते सम्म सन्चालन हुने श्रीमदभागवत पितृमोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको लागि आन्तरिक तथा बाहय तयारी तिब्र पारिएको हो । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको मुल आयोजक समिति संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ ।

यज्ञ संचालन हुने मिति नजिकीएसंगै प्रचार प्रसारलाई बिशेष प्राथामीकतामा राखेर काम अगाडी बढाईएको प्रचारप्रसार संयोजक जिबन पाठकले बताउनुभएको छ । मध्यबिन्दु नगरपालीकाका प्रत्येक बडामा एकजनालाई संयोजक बनाई प्रचारप्रसार संयोजक समेत तोकीएको पनि पाठकले बताउनुभएको हो । धनधान्याचलबाट करिब १५ करोड संकलन गर्ने लक्ष्य राखेकोमा २ करोड रुपैयाका लागि यज्ञ सुरु हुनुपुर्ब नै दाता तयार भएको मुल आयोजक समितिका उपसंयोजक केदार प्रसाद पराजुलीले बताउनुभयो । शैक्षिक क्षेत्रमा गरिएको लगानिलाई सबैले साथ र सर्मथन गर्नुपर्ने भन्दै सबैखाले सहयोगका लागि क्याम्पस व्यबस्थापन समिति अध्यक्ष तुलसीराम तिवारीले अपिल गर्नुभएको छ । यज्ञमा केदारनाथका पिठाधिश जगतगुरु सिवाचार्य द्वारा पितृ मोक्षका लागि पुजाको समेत ब्यवस्था गरिएको बुझिएको छ ।

प्रकाशित : २०७६ पुष ६ गते १२:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI