काठमाडौं । अब शिक्षक र कर्मचारीले शिक्षण बाहेकका अन्य कुनैपनि कार्यमा सहभागी हुन नपाउने भएका छन् ।
सरकारले जारी गरेको राष्ट्रिय शिक्षा
नीतिमा विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय वा शिक्षण संस्थाका
शिक्षक र कर्मचारीले तोकिएको दैनिक कार्य समयावधिभर शिक्षासँग सम्बन्धित
बाहेक अन्य कुनै पनि पेसामा आबद्ध हुनलाई रोक लगाएको हो ।
यसैगरी शिक्षककर्मचारीलाई कुनै पनि गैरसरकारी संस्थाका गतिविधि वा राजनीतिक व्रिmयाकलापमा सहभागी हुने कार्यमासमेत रोक लगाइएको छ ।
शिक्षक तथा कर्मचारी र
पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी वहन गर्दै पेसा वा जिम्मेवारीप्रति
उत्तरदायी बनाउन पेसागत आचारसंहिता बनाई लागू गर्ने एवंं पेसागत हक हित
संरक्षणका लागि एकल पेसागत संगठनको कानूनी प्रबन्ध गर्ने .शिक्षा नीतिमा
उल्लेख छ ।
राष्ट्रिय शिक्षा नीतिमा सबै तह र
प्रकारका शिक्षण संस्थामा काम गर्ने शिक्षक, प्रधानाध्यापक, प्राध्यापक तथा
कर्मचारी र पदाधिकारीको पेसागत आचारसंहिता तयार गरी लागू गरिने र सो
अनुसार भए नभएको अनुगमन गरिने स्पष्ट पारिएको छ ।
यसैगरी विद्यालय र विश्वविद्यालयका
शिक्षक तथा कर्मचारीको पेसागत हकहित संरक्षण र पदीय जिम्मेवारीप्रति
उत्तरदायी बनाउन एकल पेसागत संगठन मात्र रहने व्यवस्था गरिने उल्लेख छ ।
यसको मतलव अब शिक्षक कर्मचारी शिक्षक महासंघ बाहेकका दलिय संगठनमा आबद्ध
हुन नपाउने भएका छन् ।
प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको कार्यसम्पादन मूल्याङ््कन प्रक्रियालाई पारदर्शी तथा नतिजामा आधारित बनाउन कार्यसम्पादन सम्झौता गरिने नीतिमा उल्लेख छ ।
Facebook Comment