No ads found for this position

मेलबर्नको दोस्रो जितमा सन्दिपको एक विकेट

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १३:१९
No ads found for this position
मेलबर्नको दोस्रो जितमा सन्दिपको एक विकेट
No ads found for this position

एजेन्सी- अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत दोश्रो खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले जित दर्ता गरेको छ। मेलबर्नले होबार्ट हरिकेंन्सलाई ५२ रनले पराजित गरेको हो।

खेलमा टस जितेर ब्याटिंग गरेको मेलबर्नले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले १६ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो। होबर्टलाई सस्तोमा समेट्न मेलबर्न स्टार्सका तिब्र गति बलर हरिस रौफले ५ विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान २/२ विकेट तथा सन्दिप लामिछानेले १ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा मेलबर्नको लागि ओपनर मार्कस स्टोनिशले सर्वाधिक ८१ रन बनाएका थिए। अविजित इनिंग खेल्ने क्रममा उनले ५४ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै अर्का ओपनर निक म्याडीसनले ४० रन बनाए।

सन्दीपको यस्तो रह्यो प्रदर्शन 

अघिल्लो खेलमा ब्रिसबेन हिट्स बिरुद्ध ३८ रन खर्चेर १ विकेट लिएका सन्दिपले होबार्ट बिरुद्ध सुधारिएको बलिंग गर्दै १ विकेट हात पारे। यस क्रममा ३ ओभर बलिंग गर्ने क्रममा सन्दिपले मात्र १८ रन खर्चिए।

इनिंगको सातौँ ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले मात्र ३ रन खर्चिएका थिए। त्यस लगत्तै स्पेलमा नवौं ओभरमा बलिंग गरेका सन्दिपले २५ रन बनाएर ब्याटिंग गरिरहेका कलेब जिवेललाई क्याच आउट गराउदै विकेट लिए। स्विप गर्ने चक्करमा ब्याटको माथिल्लो किनारा लाग्दै उनि क्याच आउट भएका थिए।

दोश्रो ओभरमा १ विकेट सहित मात्र २ रन खर्चिएका सन्दिपले त्यसपछि १४ औं ओभरमा बलिंग पाए। उक्त ओभरमा उनलाई क्लाइभ रोजले अन्तिम बलमा छक्का प्रहार गरे। ओभरमा उनले क्ल १४ रन खर्चिए जसमा कप्तान म्याक्सवेलले डाइरेक्ट थ्रो गर्दा गएको चौका सामेल थियो।

लिग अन्तर्गत अब मेलबर्न स्टार्सले बिहिबार सिड्नी थन्डर्ससंग चौथो खेल खेल्नेछ। सिड्नीको घरेलु मैदानमा हुने खेल नेपाली समय १०:२५ बजे बिहान सुरु हुनेछ।

प्रकाशित : २०७६ पुष ६ गते १३:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI