विप्लव निकट नेकपाको अपहरणमा परेकी गाउँपालिका अध्यक्षकी श्रीमती सकुशल भेटिइन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १३:३५
विप्लव निकट नेकपाको अपहरणमा परेकी गाउँपालिका अध्यक्षकी श्रीमती सकुशल भेटिइन

दैलेख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन् ।

वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिएका हुन् । गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेकी खबर आएको वडाध्यक्ष बुढाले बताए ।

अध्यक्ष शाहीलाई कालीकोटतर्फ लगिएको अनुमान गरिएको छ । अध्यक्ष दम्पतीलाई किन अपहरण गरिएको भन्ने अहिलेसम्म नखुलेको वडाध्यक्ष बुढाले बताए ।

प्रकाशित : २०७६ पुष ६ गते १३:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI