निर्मला पन्तको जिवनीमा बनेको फिल्म कोपिलाको ट्रेलर सार्वजनिक : हेर्नुहोस ट्रेलर

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते १५:२९
निर्मला पन्तको जिवनीमा बनेको फिल्म कोपिलाको ट्रेलर सार्वजनिक : हेर्नुहोस ट्रेलर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।  शिवम् अधिकारीको निर्देशन रहेको फिल्ममा निर्मलाको हत्याको घटनापछि भएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक अवस्था कथा बनाइएको छ ।

सार्वजनिक ट्रेलरमा निर्मलकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न फिल्म ‘कोपिला’ले महत्वपुर्ण भूमिका खेल्ने आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलाको भूमिका सन्जिवनी खरेलले निर्वाह गरेकी छन् । 
फिल्ममा सरिता गिरीले आमा र गणेश गिरीले पिताको भूमिका निर्वाह गरेका छन् । फिल्ममा ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।  रामेश्वर कार्कीको छाँयाकन र दीपक शर्माको संगीत रहेको फिल्मको प्रदर्शन मिति समेत तोकिएको छैन । चितवन आसपासमा छायाँकन भएको फिल्म गणेश गिरीको प्रस्तुतिमा मणिराज गौतमले बनाएका हुन् ।  फिल्मलाई नयाँ बर्षमा प्रदर्शनमा आउने निर्माता गिरीले बताए ।
 

प्रकाशित : २०७६ पुष ६ गते १५:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI