No ads found for this position

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते २०:३३
No ads found for this position
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
No ads found for this position

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलका लागि आवश्यक रुख काट्नेसहितका काम अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै काम रोक्न अन्तरिम आदेश दिएको हो ।

विमानस्थलले वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै पूर्वप्रशासक रञ्जुहजुर पाँडे, द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्रीलगायतले १७ मंसिरमा रिट दायर गरेको थियो ।

निजगढ विमानस्थलबारे सर्वोच्चमा अहिले दुई वटा रिट छ । आइतबारको इजलासले दुबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न र रुख काट्ने काम अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

प्रकाशित : २०७६ पुष ६ गते २०:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI